सीपीसी २०औँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको दोस्रो पूर्ण बैठक सम्पन्न
2023-01-11 16:21:30cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको दोस्रो पूर्ण बैठक जनवरी ९ तारिखदेखि १० सम्म पैचिङमा आयोजित भएको छ। सो बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

केन्द्रीय अनुशासन निरीक्षण आयोगको स्थायी समितिले सो बैठकको आयोजना गरेको हो। बैठकले सी चिनफिङ नयाँ युगमा चिनियाँ वसशेषतायुक्त समाजवादी समाचार र बीसौँ महाधिवेशनको भावनाको पालना गरी सन् २०२३ अनुशासन निरीक्षण तथा निगरानीबारे अनुसन्धान तथा योजना बनाउनुका साथै केन्द्रीय अनुशासन निरीक्षण आयोगको स्थायी समितिको कार्य प्रतिवेदनबारे लेखाजोखा गरी पारित गरेको छ।

बैठकले जोड दिएको छः

पहिलो, पार्टीको बीसौं महाधिवेशनको रणनीतिक योजनाको पालना गरेर राजनीतिक निगरानीलाई सबल पार्नुपर्छ।

दोस्रो, पार्टीको आत्म-क्रान्ति व्यवस्था तथा प्रणालीको सुधार तथा पूर्ण पार्नुपर्छ।

तेस्रो, राजनीतिक गश्तीको भूमिका खेल्नुपर्छ।

चौथो, पार्टीको केन्द्रीय समितिका ८ नियमको निरन्तर तथा गहिरो रूपमा कार्यन्वयन गर्नुका साथै नराम्रो गतिविधि सच्याउनुपर्छ।

पाँचौँ, पार्टीको  अनुशासनको निर्माणलाई चौतर्फी रूपमा सबल पार्नुपर्छ।

छैटौँ, भ्रष्टाचार विरोधी लडाइ जित्नुपर्छ।

सातौँ,  अनुशासन निरीक्षण तथा निगरानी व्यवस्थाको गहिरो रूपमा सुधार गर्नुपर्छ।

आठौँ, उच्च गुणस्तरीय अनुशासन निरीक्षणतथा निगरानी अधिकारी मण्डलको निर्माण गर्नुपर्छ।