चीनमा २३ लाखभन्दा बढी फाइभ-जी आधार स्टेशनको सञ्चालन
2023-01-12 09:52:59cri
Share with:

जनवरी ११ तारिख पैचिङमा आयोजित चीनको राष्ट्रिय उद्योग र सूचना कार्य बैठकका अनुसार, चीनमा जम्मा २३ लाख भन्दा बढी फाइभ-जी आधार स्टेशनको निर्माण तथा सञ्चालन गरिएको छ। यस आधारमा नयाँ डिजिटल केन्द्रको निर्माण फलदायक रहेको छ।

उक्त बैठकमा चीनका उद्योग र सूचना मन्त्री चीन च्वाङ लौङले सन् २०२३ मा चीनमा सम्बन्धित नीति चलाएर निरन्तर फाइभ-जीको निर्माण गर्दै जाने तथा सीमावर्ती क्षेत्रको ब्रोडब्यान्डको निर्माणमा ध्यान दिएर सिक्स-जी प्रविधिको अध्ययनलाई अघि बढाउने बताउनुभएको छ।

यसका साथै चीनको उद्योग र सूचना मन्त्रालयले दूरसञ्चार व्यवसाय बजारको विकास नीतिलाई पूर्णता दिलाउने, व्यक्तिगत सूचनाको संरक्षण, प्रयोगकर्ताको अधिकारको संरक्षणलाई सबल पार्ने, वेबसाइट र डिजिटल सुरक्षाको प्रत्याभूति शक्तिलाई उकास्ने, सम्बन्धित व्यवसायको सिर्जना र विकासलाई द्रुत पार्ने जनाएको छ।