चाइना मिडिया ग्रुपको वसन्त चाडको प्रकाश प्रदर्शनी विश्वको सर्वोच्च टावरमा हुने
2023-01-20 19:54:02cri
Share with:

वसन्त चाड नजिकिँदै आएको परिप्रेक्षमा चाइना मिडिया ग्रुपको वसन्त चाडको प्रकाश प्रदर्शनी (लाइट शो) जनवरी २० तथा २१ तारिख विश्वको सर्वोच्च टावर, दुबईको प्रख्यात द्योतकरुपी निर्माण बुर्जा खालिफा टावरमा हुने भएको छ। त्यसले विश्वलाई चीनको हार्दिक अभिवादन अभिव्यक्त गर्ने छ।

 

चाइना मिडिया ग्रुपको प्रकाश प्रदर्शनलाई निम्न तीन वटा भागमा विभाजन गरिएको छ, तिनीहरु बेल्ट एण्ड रोड प्रस्ताव प्रस्तुत भएको एक दशकको उपलक्ष्यमा, छङ तुमा हुने ३१ औं विश्व विश्वविद्यालयका विद्यार्थीहरुको ग्रीष्मकालीन खेलकुद समारोह र वसन्त चाड तथा चाइना मिडिया ग्रुपको वसन्त चाडको सांगितिक गाला हुन्। चाइना मिडिया ग्रुपले स्वदेश र विदेशका साथीहरु र विश्वलाई वसन्त चाडको शुभकामना व्यक्त गर्ने छ।