रमाइलो वसन्त चाडबाट विश्व अर्थतन्त्रलाई प्रोत्साहन
2023-02-02 15:29:21cri
Share with:

यस वर्षको वसन्त चाडमा चीनको आन्तरिक पर्यटकको संख्या ३० करोड ८० लाख पुगेको छ भने आन्तरिक पर्यटन आय ३ खर्ब ७५ अर्ब ८४ करोड ३० लाख चिनियाँ युआन पुगेको छ। यो गत वर्षको भन्दा क्रमशः २३.१ प्रतिशत र ३० प्रतिशतले बढेको छ। वसन्त चाडको कुल स्टक मार्केट ६ अर्ब ७५ करोड ८० लाख चिनियाँ युआन पुगेको छ भने गत वर्षको तुलनामा ११.८९ प्रतिशत बढेको छ। अध्यागमन पनि १२०.५ प्रतिशतले बढेको छ। यी तथ्याङ्क नै चीनले सार्वजनिक गरेको खरायो वर्षको वसन्त चाड विदा अवधिको पछिल्लो तथ्याङ्क हो। यसले चिनियाँ नयाँ वर्षमा चीनको अर्थतन्त्रलाई निकै प्रोत्साहित गरेको छ।

 

यस वसन्त चाड चीनको महामारी नियन्त्रण नयाँ अवधिमा प्रवेश भएपछिको पहिलो वसन्त चाड हो। उल्लेखित तथ्याङ्कले चीनको बढ्दो खपत संभावना देखाएको छ। अमेरिका उपभोक्ता समाचार र वाणिज्य च्यानलको वेबसाइटका अनुसार, दृश्यावलोकन क्षेत्र, रेस्टुराँ, होटेलमा भीडभाड भएसँगै दबिएको माग बाहिर निस्कँदैछ।

 

यसका साथै धेरै चिनियाँ पर्यटक विदेश भ्रमणमा गएका छन्। जनाएअनुसार, वसन्त चाड अवधिमा विदेश घुम्ने चिनियाँको अडर गत वर्षको तुलनामा ६४० प्रतिशतले बढेको छ। विदेशी मिडियाका अनुसार, लाखौँलाख चिनियाँ पर्यटक पुगेपछि विश्वका होटेल, पर्यटन उद्योग, वाणिज्य उद्योग स्थिर रूपमा पुनरूत्थान हुन थालेका छन्।

यो विश्व अर्थतन्त्रका लागि राम्रो खबर हो। गत वर्षको चौथो त्रैमासिक अवधिदेखि धेरै अन्तर्राष्ट्रिय लगानी संस्थाहरूले सन् २०२३ मा चीनको आर्थिक वृद्धिको अपेक्षालाई बढावा दिएका छन्। संयुक्त राष्ट्र संघले यस नोभेम्बर २५ तारिख सार्वजनिक गरेको प्रतिवेदनमा विश्व आर्थिक वृद्धि सन् २०२२ को ३ प्रतिशतबाट झरेर सन् २०२३ को १.९ प्रतिशतसम्म घट्ने प्रक्षेपण गरेको छ। तापनि चीनको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने र क्षेत्रीय आर्थिक वृद्धिको प्रमुख प्रवर्द्धन शक्ति बनेको छ। बेलायती "फाइनान्सियल टाइम्स" वेबसाइटले भर्खरै एउटा लेख प्रकाशित गरेको छ कि चीनले निर्णायक रूपमा महामारी रोकथाम उपायहरू समायोजन गरेपछि उपभोक्ताहरूले उपभोग गर्न आफ्नो वालेट खोलेका छन्। दीर्घकालीन रुपमा जम्मा गरिएको यस मागले "विश्व आर्थिक सुधारको आशालाई समर्थन गर्दछ।"

हाल अन्तर्राष्ट्रिय वातावरणमा जटिल परिवर्तन भइरहेको छ भने चीनको आर्थिक पुनरूत्थानको आधार पनि दृढ छैन। त्यसैले आर्थिक समग्र सुधार गर्न अरू बढी प्रयास गर्नुपर्छ। सन् २०२३ मा आर्थिक वृद्धिलाई बढाउने चिनियाँ जनताको विश्वास रहेको छ। वसन्त चाडको उपभोगको उल्लेखनीय प्रदर्शन नै असल सुरूवात हो जुन शीत लहरमा रहेको विश्व अर्थतन्त्रलाई न्यानो हावा साबित भएको छ।