चीनले उच्च स्तरीय खुलापन अगाडि बढाउनेः चीनको वाणिज्य मन्त्रालय
2023-02-02 16:49:30CRI
Share with:

फेब्रुअरी २ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको वाणिज्य मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिले सन् २०२२मा चीनको वाणिज्य कार्यको अवस्थाबारे जानकारी दिएका छन्। चीनका उपवाणिज्य मन्त्री को थिङथिङले सन् २०२२मा चीनको वैदेशिक व्यापारले इतिहासको नयाँ कीर्तिमान सिर्जना गरेको, सामानको आयात-निर्यात रकम ४०० खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको कुरा बताउनुभएको छ। 

चीनको वाणिज्य मन्त्रलयकाअन्तर्गत वैदेशिक व्यापार विभागका प्रमुख ली सिङछनकाअनुसार, विश्वको आर्थिक तथा व्यापारिक वातावरणको उतारचढावको पृष्ठभूमिमा चीनले सशक्त कदम चालेको, उत्पादनलाई स्थिर पार्दै निर्यातलाई स्थिर पारेको छ। सन् २०२२मा चीनको आयात रकम २६ खर्ब ९० अर्ब अमेरिकी डलर पुगेको छ। विश्वको आर्थिक तथा व्यापारिक विकासका लागि चीनको योगदान दिएको छ। 

लीले सन् २०२३मा चीनले उच्चस्तरीय खुलापनलाई अगाडि बढाउने, वैदेशिक व्यापारलाई अझै सजिलो र सहुलियतपूर्ण बनाउने बताउनुभयो।