फेब्रुअरी २ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ।
सो अवधिमा एक जना पत्रकारले क्यानडाले सिन्च्याङ सम्बद्ध विषयबारे सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता माओ निङले हाल सिन्च्याङको सामाजिक सुरक्षा र स्थिरता राम्रो भइरहेको र विकास पनि निरन्तर चलिरहेको बताउनुभयो। उहाँले सर्वसाधारणमा शान्ति र सन्तुष्टि बढेको दाबी गर्नुभयो।
उहाँले यसरी भन्नुभयो, ‘विभिन्न जातिका मानिसहरूको मानव अधिकार संरक्षणको स्तर पनि निरन्तर सुधार भइरहेको छ। क्यानाडाले सत्यको सम्मान गर्दै सिन्च्याङसँग सम्बन्धित विषयमा गलत मनसाय लिएर राजनीतिक हेरफेर गरेको गतिविधिलाई रोक्नुका साथै झूटा सूचनाहरू फैलाउन बन्द गर्न आग्रह गर्दछौं।’