तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला अप्रिल ११ तारिखदेखि १५ तारिखसम्म हाईखौमा
2023-02-02 19:06:57CRI
Share with:

फेब्रुअरी २ तारिख दिउँसो तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलाको तयारी कार्यसम्बन्धी पत्रकार सम्मेलनको आयोजना भएको छ। यस पटकको चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला चीनको वाणिज्य मन्त्रालय र हाई नान प्रान्त जन सरकारद्वारा संयुक्त रुपमा आयोजना गरिने र अप्रिल ११ तारिखदेखि १५ तारिखसम्म हाईखौ शहरमा आयोजना हुने भएको छ। अप्रिल १० तारिख उक्त मेलाको उद्घाटन समारोहको आयोजना हुने भएको छ। 

हालसम्म तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलाको विभिन्न तयारी कार्य सुचारु रुपमा चलिरहेको छ।  

हाई नान अन्तर्राष्ट्रिय आर्थिक विकास व्यूरोका उप प्रमुख ची कोव्हैले यस पटकको उपभोग्य वस्तु मेलाले खरीद व्यापारी र मेलामा सहभागी व्यापारीको मागमाथि ध्यान दिने, उपभोगलाई मुख्य विवषको रुपमा राख्ने कुरा बताउनुभयो।