चीनले ओलम्पिकको विकासका लागि योगदान दिनेः चीनको परराष्ट्र मन्त्रालय
2023-02-03 16:22:05CRI
Share with:

भोलि फेब्रुअरी ४ तारिख पैचिङ हिउँदे ओलम्पिक खेलकुद शुरू भएको प्रथम वार्षिकोत्सवका हुनेछ। यसै सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले जिज्ञासा राखेपछि परराष्ट्र प्रवक्ताले यसबारेमा प्रतिक्रिया दिएका छन्। 

हालै अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिले एउटा लेख प्रकाशित गर्दै पैचिङ हिउँदे ओलम्पिक खेलकुदले हासिल गरेको उपलब्धिको उच्च मूल्यांकन गरेको छ। 

परराष्ट्र प्रवक्ता माउ निङले पत्रकारको प्रश्नको जवाफ दिँदै पैचिङ हिउँदे ओलम्पिक खेलकुदले हरित ओलम्पिक खेलकुदको प्रतिबद्धतालाई व्यवहारमा उतारेको, पर्यावरणीय सभ्यताको निर्माणलाई अगाडि बढाउने र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई कार्यान्वयन गर्ने अठोट देखाएको कुरा बताउनुभयो। माउले चीनले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको अनुभवको निरन्तर रुपमा निचोड निकाल्ने, विभिन्न पक्षसँग सहयोग गरी ओलम्पिकको विकासका लागि योगदान दिने कुरा बताउनुभयो।