पाकिस्तानको इस्लामावाद पत्रकार संघबाट चाइना मिडिया ग्रुपकी पत्रकार पुरष्कृत
2023-02-12 17:08:25cri
Share with:

        फेब्रुअरी ९ तारिख पाकिस्तानको इस्लामावाद पत्रकार संघले आयोजना गरेको पहिलो सञ्चार समारोहमा चाइना मिडिया ग्रुप अन्तर्गत इस्लामावाद मिडिया स्टुडियोका प्रमुख हु पिङ पिङलाई पहिलो मिडिया पुरस्कार प्रदान गरिएको छ।

 

         डिजिटल मिडियाको युगमा पाकिस्तानी जनतामाझ प्रभावशाली मिडिया व्यक्तित्व र समूहहरूलाई सम्मान गर्न मिडिया अवार्ड स्थापित भएको हो। पाकिस्तान पत्रकार महासंघका अध्यक्ष सहितका जम्मा ३० जनाले पहिलो मिडिया पुरस्कार जितेका थिए। उक्त समारोहमा अवार्ड जित्ने एक मात्र विदेशी पत्रकार हुनुहुन्छ हु पिङपिङ। पाकिस्तान राष्ट्रिय टेलिभिजन, राष्ट्रिय रेडियो र राष्ट्रिय जनता पत्र लगायतका ५० भन्दा बढी मुख्य सञ्चारमाध्यमका प्रतिनिधिहरू सो पुरस्कार समारोहमा सहभागी थिए।