चिनियाँ इलेक्ट्रोनिक्स उपभोक्ता बस्तुहरू जर्मनीमा चर्चित
2023-03-03 15:27:44cri
Share with:

फेब्रुअरी २६ देखि मार्च २ तारिखसम्म जर्मनीको डसेलडोर्फमा खुद्रा बस्तु प्रदर्शनी आयोजना गरेको छ जुन विश्वको सबैभन्दा ठूलो उद्योग प्रदर्शनीमध्येको एक हो। सो प्रदर्शनीमा आयोजक जर्मनीबाहेक चीन सबैभन्दा ठूलो सहभागी राष्ट्र बनेको छ।

 यस प्रदर्शनीमा चिनियाँ उद्यमीहरूले ल्याएका इलेक्ट्रोनिक उपभोक्ता बस्तुहरूलाई स्वागत गरिएको देखिन्छ। रोबोट बिक्री गर्ने एक जर्मन कम्पनीले चीनमा उत्पादित सेवा-रोबोटले विश्व प्रवृत्तिको नेतृत्व गरिरहेको बताएका छन्।

चीनको डिजिटल भुक्तानी उत्पादनहरूले पनि दर्शकहरूको ध्यान आकर्षित गरेको छ। नर्वेको लेक्जिट समूह उत्तरी यूरोपको सबैभन्दा ठूलो डिजिटल समाधान प्रदायकहरूमध्येको एक हो। केही समय अघि यस कम्पनीले नर्वेजियन बजारको आवश्यकताहरू पूरा गर्न चीनबाट स्व-सेवा भुक्तानी टर्मिनलहरूको ब्याच अर्डर गरेको छ। चिनियाँ उत्पादनको उच्च गुणस्तरले आफूलाई प्रभावित गरेको उक्त कम्पनीका इन्चार्जले पत्रकारलाई बताए।