जनताले सुम्पिदिएको महत्वपूर्ण जिम्मेवारीका लागि दुई अधिवेशनप्रति महासचिव सीको वास्ता
2023-03-03 18:15:29cri
Share with:

मार्च महिनाको प्रारम्भमा चीनको राष्ट्रिय जन कांग्रेस तथा जन राजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक अधिवेशन आयोजना हुनेछ। यो चीनको राजनीतिक जीवनमा ठूलो घटना हुनुका साथै चिनियाँ जनता राजनीतिक मामिलामा भाग लिएर परामर्श गर्ने महत्वपूर्ण प्रणाली पनि हो। विगत १० वर्षदेखि आयोजित यी दुई अधिवेशनको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले ५३ पटक विभिन्न टोलीमा भाग लिएर विभिन्न क्षेत्रमा रहेका प्रतिनिधि र सदस्यहरुसँगै प्रत्यक्ष आदान-प्रदान गर्दै विकासको खाकाबारे छलफल गर्ने गर्नु भएको छ। विर्सन नसकिने यी क्षणहरु चिनियाँ शैलीको प्रजातन्त्रको अभिव्यक्ति हुन्, जसबाट चीनका सर्वोच्च नेताले “जनताका लागि सेवा प्रदान गर्नुका साथै देशका लागि प्रयास गर्ने” दयालु भावना प्रदर्शन गरिएको छ।


विगत दश वर्षदेखि महासचिव सीले प्रतिनिधि तथा सदस्यहरुसँग अन्नबालीको सुरक्षा जस्तो ठूलो मामिला अथवा पारिवारिक शिक्षा जस्तो सानो मामिलाबारे छलफल गर्नुभएको छ। उहाँले सबैभन्दा बढी वास्ता गरेको कुरा सर्वसाधारणको जीवनसँग सम्बन्धित वास्तविक कुरा हो।