वन्यजन्तु र वनस्पतिको संरक्षणका लागि “चिनियाँ जवाफी पत्र”
2023-03-03 18:24:47cri
Share with:

मार्च ३ तारिख विश्व वन्यजन्तु र वनस्पति दिवस हो। विश्वमा जीव जन्तुको विविधता सबैभन्दा बढी रहेका मुलुकहरुमध्येको एक चीन हो। विगत केही वर्षयता चीनले वन्यजन्तु र वनस्पतिको संरक्षण सम्बन्धी कानुनमा सुधार गर्दै जंगली जनावर र वनस्पतिको वासस्थान र प्रजननको संरक्षणमार्फत वन्यजन्तु र वनस्पतिको संरक्षण कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।