मलावी र मोजाम्बिकमा भएको प्रकोपका लागि चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा समवेदना सन्देश
2023-03-22 19:41:12cri
Share with:

मार्च २० मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मलावी र मोजाम्बिकमा उष्ण कटिबंधीय चक्रवात प्रकोप भएकामा मलावीका राष्ट्रपति लाजरस मेकार्थी चकवेरा र मोजाम्बिकका राष्ट्रपति फिलिप्स जसिन्टो न्युसीलाई बेग्ला बेग्लै समवेदना सन्देश पठाउनुभएको छ।

 

समवेदना सन्देशमा राष्ट्राध्यक्ष सी चिनफिङले यसरी उल्लेख गर्नु भएको छः "उष्ण कटिबंधीय चक्रवात प्रकोप फ्रेडीले मलावी र मोजाम्बिकमा ठूलो जनधनको क्षति पुर्याएको थाहा पाउँदा म स्तब्ध भएको छु। चीन सरकार र चिनियाँ जनताको तर्फबाट म पीडितहरूप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु र प्रकोपमा परेका परिवार र घाइतेहरूप्रति सदिच्छापूर्वक समवेदना प्रकट गर्न चाहन्छु। विपत्तीलाई जितेर आफ्नो घरबारको पुनर्निर्माण गर्न सक्ने कुरामा मैले विश्वास गरेको छु।