१३३ औं चीन-आयात निर्यात मेलामा ५ वटा नयाँ उज्यालो बिन्दु आउने
2023-04-04 15:02:28cri
Share with:

चीनको राज्य परिषद्को प्रेस कार्यालयले अप्रिल ४ तारिख बिहान १० बजेतिर पत्रकार सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा वाणिज्य मन्त्रालयका अन्तर्राष्ट्रिय व्यापारिक सम्झौता प्रतिनिधि एवम् उपप्रमुख वाङ शौ वनले परराष्ट्र मन्त्रालय, चाइना नागरिक वायु निगम र क्वाङ तु प्रान्त क्वाङ चौ शहरका विविध जिम्मेवार व्यक्तिहरूसित १३३ औं चाइना आयात निर्यात मेलाका सम्बद्ध अवस्थाबारे जानकारी दिनुभएको छ।

 

प्राप्त जानकारी अनुसार, सन् १९५७ देखि पहिलो चाइना आयात निर्यात मेला शुरू भएयता हालसम्म १३३ औं पटक रहेको छ। युगको वास्तविक चाहना बमोजिम चाँडै आयोजना हुनलागेको १३३ औं चाइना आयात निर्यात मेलालाई केही सुधार पनि गरिएको छ।

 

यस पटकको मेलामा ५ वटा नयाँ उज्यालो विन्दु देखिन्छ। पहिलो, नयाँ प्रदर्शनी हलको प्रयोग गरिनेछ। दोस्रो, नयाँ विषयहरू थपिनेछ। तेस्रो नयाँ व्यवसायहरू सक्रिय रूपमा सहभागी हुनेछन्। चौथो, यस पटकको मेलामा नयाँ उत्पादित वस्तुको “प्रथम सो” धेरै हुनेछन्। र पाँचौं, अनलाईन चौतारोको सञ्चालनलाई सामान्य रूपमा बनाइने छ।