सी चिनफिङ राजधानीको अनिवार्य वृक्षारोपणमा
2023-04-04 20:20:07CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल ४ तारिख बिहान राजधानीको अनिवार्य वृक्षारोपणमा भाग लिँदै हरेक वर्षको सो अवधिमा समस्त चीनमा वृक्षारोपणको लहर चलिरहने भन्दै सबैलाई वृक्षारोपण गर्न संयुक्त रुपमा स्वागत गर्न तथा सुन्दर चीनको संयुक्त रुपमा निर्माण गर्न जोड दिनुभएको छ। 

सीले वर्तमान र आगामी दिन हरित विकास चीनको विकासको महत्त्वपूर्ण रणनीति भएको भन्दै समस्त नागरिकलाई अनिवार्य वृक्षारोपण सुन्दर चीनको निर्माण गर्ने महत्त्वपूर्ण अभ्यास भएको बताउनुभयो। 

उहाँले पृथवीको वृक्षारोपणले विश्व जलवायु परिवर्तनमा सुधार ल्याएको तथा चीन र चिनियाँ जनताले यस क्षेत्रमा ठूलो योगदान दिएको पनि बताउनुभयो।