मानव भाग्य समुदायको दशौँ वार्षिकोत्सवको अभ्यासको निचोड निकालिएको पहिलो प्रतिवेदन सार्वजनिक
2023-04-04 15:56:39CRI
Share with:

सन् २०२३ चीनका सर्वोच्च नेता सी चिनफिङले अन्तर्राष्ट्रिय समाजसमक्ष “मानव भाग्य समुदाय”को सिर्जना गर्न प्रस्तुत गर्नुभएको दशौँ वार्षिकोत्सव हो। अप्रिल ४ तारिख चिनियाँ जन विश्वविद्यालयअन्तर्गत छोङ याङ बैकिङ अध्ययन प्रतिष्ठानले पैचिङमा “मानव भाग्य समुदायको दशौँ वार्षिकोत्सवको सिर्जना:अवधारणालाई सबल पार्ने, अभ्यासको विकास गर्ने र भविष्यतर्फ दृष्टिकोण” शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ। यो हालसम्म मानव भाग्य समुदायको दश वर्षको अभ्यास र प्रगतिको सम्बन्धमा स्वदेशी तथा विदेशी टिङ्क थ्याङ्कद्वारा निचोड निकालिएको पहिलो प्रतिवेदन हो। 

उक्त प्रतिवेदनअनुसार, दश वर्षयता सी चिनफिङले कम्तिमा ६७० पटकको सम्बोधन, सम्मेलन, कार्यक्रम, निरीक्षण, भेटघाट, भ्रमण, बधाई सन्देशमा “मानव भाग्य समुदाय” प्रस्तुत गर्नुभएको छ। उक्त अवधारणा सी चिनफिङको कुटनीतिक विचारधाराको केन्द्र हो र विश्व परिवेशको सुधार गर्न सिर्जना गरेको चीनको “विश्व सपना” हो।