थाइवान टापुमा सैनिक अभ्यासबारे परराष्ट्र मन्त्रालयको प्रतिकृया
2023-04-10 18:39:57cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले १० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा यस पटक थाइवान टापु घुमाउने सैनिक अभ्यास नै वास्तवमा थाइवान पक्षधर पृथकतावादी शक्ति र बाह्य शक्ति बीच सम्पर्क राखेर उत्तेजना फैलाउन खोजिएको एक गम्भीर चेतावनी हो भन्दै त्यस सैनिक अभ्यास देशको सार्वभौमिकता र भूखण्डको अक्षुण्णताको संरक्षण गर्ने आवश्यक गतिविधि रहेको कुरा औंल्याउनुभएको छ।

 

केही समयअघि परराष्ट्र मन्त्रालयका प्रवक्ताले थाइवानका नेता साइ यीङ वनले सीमा पार गरी अमेरिकाको आकस्मिक भ्रमण गरेको विषयबारे सम्बोधन गर्दै अमेरिका र थाइवान बीच सम्पर्क राखिएको गम्भीर गल्तीको आलोचना गरिसकेका छन्। त्यसैगरी चीनले दृढताका साथ सशक्त कदम चाली देशको सार्वभौमिकता र भूखण्डको अक्षुण्णताको संरक्षण गर्ने कुरा पनि प्रवक्ता वाङले बताउनुभयो।