"थाइवान स्वतन्त्रता" पृथकतावादी गतिविधिहरूलाई समर्थन गर्नु नै थाइवानको शान्ति र स्थिरतालाई कमजोर पार्नु हो”: परराष्ट्र मन्त्रालय
2023-04-17 18:51:00CRI
Share with:

अप्रिल १७ मा आयोजना भएको चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एनएचकेका एक  संवाददाताको प्रश्न छ, जापानमा आयोजित जी सात विदेश मन्त्री स्तरीय बैठकले एक पक्षीय रुपमा सशस्त्रको प्रयोग गरेर थाइवान जल-डमरुको यथास्थितिलाई परिवर्तन गर्ने चीनको प्रयासको विरोध गरेको छ, यसप्रति चीनको टिप्पणी के छ?

प्रवक्ता वाङ वन पिनले प्रतिक्रिया दिनुभएअनुसार विश्वमा एउटा मात्र चीन रहेको छ र थाइवान चीनको अविच्छिन्न भाग हो। थाइवान समस्या चीनको आन्तरिक मामिला हो र यसमा कुनै बाह्य हस्तक्षेप हुँदैन भन्ने कुरा सम्बन्धित देशहरूले बुझ्नुपर्छ। थाइवानको चीन फिर्ता दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको एउटा महत्त्वपूर्ण भाग हो। एउटा चीनलाई कायम राख्नु भनेको युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थालाई कायम राख्नु हो। यदि कसैले थाइवान जलडमरूको अवस्थालाई साँच्चै ख्याल गर्छन् भने पहिले थाइवान जलडमरूमा तनावको स्रोत कहाँ छ भन्ने पत्ता लगाउनुपर्छ।