चीनले क्युबालाई आफ्नो राष्ट्रिय परिस्थिति अनुकूल विकास बाटोमा लाग्न सहयोग जारी राख्ने छ: परराष्ट्र मन्त्रालय
2023-04-20 18:14:27CRI
Share with:

अप्रिल २० तारिख, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो क्रममा, एक पत्रकारले अप्रिल १९ तारिखमा क्युबामा जनशक्तिको १० औँ राष्ट्रिय कांग्रेसले नयाँ राष्ट्रिय नेता चयन गर्दै डियाज-क्यानेल देशको राष्ट्रपतिमा पुन: निर्वाचित भएकोप्रति चीनको टिप्पणी के छ भनी प्रश्न सोधेका थिए।

 

प्रवक्ता वाङका अनुसार क्युबाली कम्युनिष्ट पार्टी र क्युबाका नयाँ राष्ट्रिय नेताहरूको बलियो नेतृत्वमा क्युबाले समृद्ध र दिगो समाजवादी उद्देश्यको निर्माणमा नयाँ र ठूलो उपलब्धि हासिल गर्ने चीनको विश्वास रहेको छ। चीन र क्युबा एकअर्कालाई विश्वास गर्ने असल साथीहरू, एउटै लक्ष्य राख्ने असल साथीहरू र असल दाजुभाइहरू हुन्। चीनले सधैँ क्युबालाई आफ्नो राष्ट्रिय परिस्थिति अनुरूप विकासको बाटोमा अघि बढ्न सहयोग गर्ने छ र क्युबासँग मिलेर दुई राष्ट्र प्रमुखले हासिल गरेको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, विभिन्न क्षेत्रमा सहयोग सुदृढ गर्न जारी राख्ने छ।