सी चिन फिङद्वारा एसियाली सांस्कृतिक सम्पदा संरक्षण संघको सम्मेलनलाई बधाई
2023-04-25 15:41:24cri
Share with:

अप्रिल २५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले एसियाली सांस्कृतिक सम्पदा संरक्षण संघको सम्मेलनलाई बधाई पत्र पठाउनुभयो।

 

सी चिन फिङले एसिया मानव सभ्यताको महत्वपूर्ण जन्मस्थल भएको भन्दै अझ विश्व सभ्यताको विकासको इतिहासमा अत्यन्तै समृद्ध सांस्कृतिक सम्पदा रहेको कुरा बधाई पत्रमा औंल्याउनुभयो। एसियाली सांस्कृतिक सम्पदा संरक्षण संघको स्थापनाले एसियाली सांस्कृतिक सम्पदाको संरक्षणलाई सुदृढ गरेको, एसियाली सभ्यताहरूबीचको आदान-प्रदानलाई प्रगाढ बनाएको र विश्व सभ्यताको समृद्धि साथै मानव सभ्यताको प्रगतिमा योगदान दिएको कुरा पनि उहाँले जोड दिनुभयो।

 

अरू एशियाली देशहरूसँग मिलेर सांस्कृतिक सम्पदाको सुरक्षा अनुभवको आदान प्रदानलाई सुदृढ गर्न, सांस्कृतिक सम्पदाको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई सक्रिय रूपमा प्रवर्द्धन गर्न, विश्वव्यापी वार्ता र सहयोग सञ्जाल निर्माण गर्न र आपसी समझदारी प्रवर्द्धन गर्न चीन इच्छुक रहेको कुरा राष्ट्राध्यक्ष सी चिनफिङले व्यक्त गर्नुभएको छ।