नेपालमा चिनियाँ चिकित्सक सहायता टोलीद्वारा नि:शुल्क चिकित्सा सेवा तथा परामर्श शुरू
2023-05-02 17:27:11cri
Share with:

नेपालको भरतपुरमा चीनको अनुदान सहयोगमा निर्माण भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चीनले सन् १९९९ देखि चिकित्सक टोली पठाउँदैआएको छ। हालसम्म दुई सयभन्दा बढी सदस्यसहितको १४ वटा चिकित्सक टोली नेपाल पठाइसकेको छ। यस श्रम दिवसको बिदामा नेपालमा कार्यरत १४औँ ब्याचको चिनियाँ चिकित्सा सहायता टोलीले काठमाडौं उपत्यकामा झण्डै १,००० नेपाली तथा चिनियाँ साथीहरूलाई निःशुल्क क्लिनिक सेवा उपलब्ध गराएको छ।

 

यस श्रम दिवसको बिदामा चिकित्सक टोलीले काठमाडौं उपत्यकामा स्थानीय गाउँले, शिक्षक तथा विद्यार्थी, नेपाली सञ्चारकर्मी र  ‘बेल्ट एण्ड रोड’ निर्माण परियोजनाका चिनियाँ तथा नेपाली कामदारहरूका लागि चिनियाँ औषधिसम्बन्धी निःशुल्क परामर्श तथा सेवा प्रदान गरेको छ।