सन् २०१२ यता चीन र मध्य-पूर्वी युरोपेली देशबीचको व्यापार वार्षिक औसत ८.१ प्रतिशतले वृद्धि
2023-05-05 18:54:10cri
Share with:

मे ५ तारिख चीनको राष्ट्रीय परिषदको सूचना कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा चीनको वाणिज्य मन्त्रालयका अधिकारीले चीन र मध्य-पूर्वी युरोपेली देशहरूबीचको सहकार्य चीन-इयू सम्बन्धको महत्त्वपूर्ण भाग भएको बताउनुभयो। सन् २०१२ मा सहकार्य संयन्त्रको स्थापना भएदेखि दुई पक्षबीचको आर्थिक र व्यापारिक सहयोगमा सकारात्मक प्रगति भएको पनि उहाँले व्यक्त गर्नुभयो। सन् २०१२ देखि चीन र मध्य-पूर्वी युरोपेली देशहरूबीचको व्यापार वार्षिक रूपमा औसत ८.१ प्रतिशतले वृद्धि भएको देखिन्छ। साथै यी दुई पक्षबीचको लगानी सहकार्य पनि घनिष्ट हुँदै आएको देखिन्छ।

 

हालसम्म चीन र मध्य-पूर्वी युरोपेली देशहरूबीचको द्विपक्षीय लगानीको मात्रा करिब २० अर्ब अमेरिकी डलर पुगिसकेको छ।