राष्ट्राध्यक्ष सी चिनफिङद्वारा २० औँ केन्द्रीय बैकिङ र अर्थतन्त्र परिषद्को पहिलो सम्मेलनको अध्यक्षता
2023-05-05 19:58:57cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् केन्द्रीय बैकिङ र अर्थतन्त्र परिषद्का प्रमुख सी चिनफिङले ५ तारिख पैचिङमा २० औँ केन्द्रीय बैकिङ र अर्थतन्त्र परिषद्को पहिलो सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

 

उक्त सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले नयाँ केन्द्रीय बैकिङ र अर्थतन्त्र परिषद्ले निरन्तर रूपमा आर्थिक कार्यको महत्वपूर्ण कार्यनीतिको तर्जुमा गर्ने भूमिका राम्रोसँग निर्वाह गर्नुका साथै केन्द्रीय समितिले आर्थिक कार्यको एकीकृत निर्देशन र नेतृत्वलाई सबल र सुधार पार्दै जाने कुरामा जोड दिनुभएको छ।