अमेरिकालाई चीन-अफ्रिका सहकार्यको व्यवहार गर्दा “अमिलो अंगुर” भन्ने विचार नराख्न चीनको परराष्ट्र मन्त्रालयको आव्हान
2023-05-05 16:47:00cri
Share with:

लामो समययता चीनले स्पष्ट र खुलस्त सिद्धान्तलाई कायम राख्दै अफ्रिकाको चाहना बमोजिम वास्तविक सहकार्य चलाउनुका साथै निरन्तर रूपमा नयाँ क्षेत्र र नयाँ क्षमताको विस्तार गर्दै आएको छ। हालसम्म चीन र अफ्रिका बीचको सहकार्य र उपलब्धिहरूबाट अफ्रिकाका विभिन्न स्थान लाभान्वित भएका छन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ५ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी कांग्रेस प्रतिनिधि सभाको वैदेशिक मामिला परिषद् मातहतको अफ्रिका टोलीले जारी गरेको चीन सम्बन्धी धारणाबारे चर्चा गर्दै उक्त कुरा बताउनुभएको हो।

 

प्रवक्ता माउ निङका अनुसार, अमेरिकाले चीन-अफ्रिका सहकार्यको व्यवहार गर्दा “अमिलो अंगुर” भन्ने विचार राख्नुको सट्टा खुलस्त र सहिष्णु भावना राख्नुपर्छ। निराधार भनाइ पन्छाएर सक्कली भनाइ र गराइ गर्नुपर्छ। यसबाट प्रतिद्वन्दीको सट्टा सहकार्य र साझा जीत हुनेछ।