श्रम दिवस विदामा रेलमार्गबाट १३ करोड ३० लाख यात्रु आवतजावत
2023-05-05 15:24:07cri
Share with:

चीनको राष्ट्रिय रेलवै ग्रूपका अनुसार, अप्रिल २७ तारिखदेखि मेइ ४ तारिखसम्म चीनमा १३ करोड ३० लाख यात्रुले रेलमार्गबाट आवतजावत गरेका छन्। तीन वर्ष महामारीअघिको सन् २०१९ को सोही अवधिको तुलनामा लगभग ३ करोड वृद्धि भएको जनाइएको छ।

चीनको राष्ट्रिय रेलवै ग्रूपका जिम्मेवार व्यक्तिका अनुसार, यस वर्ष श्रम दिवसमा यात्रुको आवतजावत माग विशाल भएकोले रेलवै विभागले ढुवानी शक्ति थपेर रेलवैको सेवालाई सुधार गरेर यात्रुको आवतजावत र विभिन्न ठाउँको सामग्रीको आपूर्तिलाई प्रत्याभूत गरेको छ।

श्रम दिवस अवधिमा, चीन युरोप रेल, पश्चिमी भू-समुद्री नयाँ च्यानल रेल,चीन लास रेलबाट क्रमशः ४६ हजार कन्टेनर,२३ हजार कन्टेनर र २१ हजार टन मालसामानको ढुवानी गर्दै ३७ प्रतिशत, १८ प्रतिशत र ६८ प्रतिशतले वृद्धि भएकोले अन्तर्राष्ट्रिय आपूर्तिको स्थिरताको प्रत्याभूति गरिएको छ।