चीन र काजाकिस्तान बीचको निःशूल्क भिसा सम्झौताले “बेल्ट एण्ड रोड” प्रारुपमा दुई देशबीचको सहयोगलाई सबल पार्ने
2023-05-18 14:54:42cri
Share with:

मे १७ तारिख “चीन-काजाकिस्तान संयुक्त वक्तव्य”ले चीन र काजाकिस्तान सरकारले आपसमा निःशूल्क भिसा सम्झौताको उच्च मूल्यांकन गरेका छन्। सो सम्झौताप्रति काजाकिस्तानका विभिन्न क्षेत्रका व्यक्तिहरुले ठूलो अपेक्षा गरेका छन्। काजाकिस्तानको पर्यटन क्षेत्रका व्यक्तिले चीनको विविध पर्यटन स्रोत रहेकोले उक्त सम्झौताको कार्यान्वयनपछि काजाकिस्तानका प्रशस्त पर्यटकहरुले चीनको यात्रा गर्नसक्ने बताए। काजाकिस्तानको व्यापारिक क्षेत्रका व्यक्तिहरुका लागि उक्त सम्झौताले पनि धेरै अवसर प्रदान गर्ने छ। त्यसका अतिरिक्त, दुई देशका राष्ट्रनायकले सन् २०२४ चीनका लागि काजाकिस्तानको पर्यटन वर्षको घोषणा गर्नुभएको छ। भविष्यमा दुई पक्ष बीचका श्रृंखलाबद्ध कार्यक्रमहरु र दुई देशका व्यक्तिहरु आवतजावतका लागि सुविधाजनक कदमहरुले काजाकिस्तानको पर्यटन उद्योग, आन्तरिक व्यापार, सेवामुलक उद्योग, कृषि र अरु आर्थिक विभागको विकासका लागि सक्रिय प्रभाव पार्ने छ। चीन र काजाकिस्तान बीचको निःशूल्क भिसा सम्झौताले “बेल्ट एण्ड रोड” प्रारुपमा दुई देशबीचको सहयोगलाई सबल पार्ने सम्बन्धित विशेषज्ञले ठहर गरेका छन्।