वैशाखमा ११ अर्ब ४५ करोड रुपैयाँ उद्योगमा लगानी प्रतिवद्धता
2023-05-22 19:12:27cri
Share with:

चालु आर्थिक वर्षको वैशाख महिनामा ३१ वटा उद्योगमा ११ अर्ब ४५ करोड रुपैयाँ बराबर लगानी प्रस्ताव आएको छ । यसअघि चैतमा ३३ वटा उद्योगमा २५ अर्ब ४४ करोड रुपैयाँ बराबर लगानी प्रस्ताव आएको थियो।

 

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर लगानी प्रस्ताव आएको छ । वैशाखमा मात्रै प्रस्तावित उद्योगमा २ हजार १५५ जनालाई रोजगारी मिल्ने अनुमान गरिएकाे छ भने साउनदेखि वैशाखसम्म लगानी प्रस्तावित उद्योगमा १८ हजार ५२४ जनालाई रोजगारी दिइने अनुमान छ ।

 

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म सबैभन्दा बढी ९८.३९ प्रतिशत उत्पादनमूलक उद्योग दर्ता भएका छन् । सेवा क्षेत्रमा ४७.१९ , पर्यटनमा ४४.१८, ऊर्जामा आधारित उद्योग ३९.१६, सूचना तथा प्रविधिमा ९.४, कृषिमा ६.२ र पूर्वाधारमा १ प्रतिशत उद्योग दर्ता भएका हुन्।

 

विभागका अनुसार वैशाखमा ७ वटा डिजाइन र २५२ वटा ट्रेडमार्क दर्ता भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ६ वटा पेटेन्ट, १८ वटा डिजाइन र २ हजार ४२७ वटा ट्रेडमार्क दर्ता भएको विभागको तथ्यांक छ। कान्तिपुर।