चीनद्वारा फेरि गाजामा तत्काल युद्धविराम गर्न आह्वान
2024-08-08 15:05:15cri
Share with:

संयुक्त राष्ट्र संघका लागि चीनको स्थायी नियोगका कार्यवाहक राजदूत ताई बिङले सुरक्षा परिषद्को "शान्ति कार्यको गति बढाउने सन्दर्भमा महिला, शान्ति र सुरक्षाको विकास" सम्बन्धी जनसभामा ७ तारिख पुनः सम्बोधन गर्दै गाजामा तत्काल युद्धविराम गर्न आह्वान गर्नुभएको छ।

 

ताई बिङले गाजामा ३०० दिनभन्दा बढी समयदेखि जारी द्वन्द्वमा १०,००० भन्दा बढी महिलाको मृत्यु भएको र १० लाखभन्दा बढी प्यालेस्टिनी महिला र केटीहरूले भोकमरीको सामना गरिरहेको बताउनुभयो। चीनले फेरि पनि सबै पक्षलाई अन्तर्राष्ट्रिय समुदायको सहमतिको पालना गर्न, सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरूको व्यापक र प्रभावकारी कार्यान्वयनलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न, तत्काल युद्धविराम गर्न र मानवीय विपत्तिको अन्त्य गर्न आह्वान गरेको छ।