तिब्बतको ल्हासा शहरका उप-मेयर सुंग यी वुले हाल बोल्दै सन् 2008 मा ल्हासा शहरले व्यापारी तथा रकम भित्र्याउने काम निरन्तर रुपमा धुमधामसँग गर्ने, स्वदेश र विदेशका व्यापारीहरुसँगका आदान-प्रदान तथा सहयोगलाई व्यापक रुपमा सबल पार्ने र तिब्बतमा लगानी गर्ने लगानीकर्ताहरुको विश्वासलाई बढाउने कुरा वताउनुभयो।
तिब्बत स्वायेत्त प्रदेशको उद्योग तथा वाणिज्य विभागको तथ्यांक अनुसार, सन् 2007 को अन्त्यसम्म तिब्बतमा विदेशी पूंजीद्वारा संचालित व्यवसायहरुले लगानी गरेको कूल परिमाण एकाउन्न करोड अमेरिकी डलर पुगेको छ, जुन सन् 2002 को तुलनामा छयालीस प्रतिशतले बढी हो। स्वदेशी पूंजीद्वारा संचालित व्यवसायले दर्ता गरेको पूंजीको परिमाण बाइस अरब तीस करोड आर.एम.बी पुगेको छ, यो सन् 2002 को तुलनामा चौउन्न प्रतिशतले बढी हो।
|