तिब्बतका विभिन्न पर्यटन-एजेन्सीले देशभित्रका पर्यटन मण्डलको स्वागत कार्यलाई पुन: थालेपछि गत "मार्च चौध"काण्डको असर परेको तिब्बतको पर्यटन उद्योग पनि पुन: समृद्ध हुदैगएको देखिन्छ। हाल तिब्बतमा यात्रा गर्ने पर्यटकहरु ल्हासाको पर्यटन-वातावरणप्रति निश्चिन्त रहेका छन् ।
हाम्रा सम्वाददाताले हिजै ल्हासाको प्रसिद्ध पर्यटकीय स्थल नोर्बुलिङघामा पर्यटन-एजेन्सीद्बारा गठित तीन सदस्यीय यात्रु-मण्डल देखेका छन। त्यस मण्डलका एकजना यात्रु चाङ्ग लैका अनुसार, दिनभरि ल्हासा शहरमा घुमेपछि आफूले त्यहाँको सामाजिक परिपाटी निकै सामान्य भएको र वातावरण राम्रो भएको अनुभव गरेको छ।
शाङ्ग हाईबाट आउनुभएका पर्यटक हु पिन अस्ति रेलद्बारा ल्हासा पुग्नुभएको हो। उहाँका अनुसार, समस्त ल्हासामा जीवनको वातावरणले भरिपूर्ण देखिन्छ। सारा तिब्बतको पर्यटन सुरक्षाप्रति उहाँ पनि आशावादी रहनुभयो।
|