हाल केही पश्चिमी सञ्चार-माध्यमहरुले छुट्टाछुट्टै रुपमा लेख प्रकाशित गरी तिब्बत समस्याका सम्बन्धमा केही पश्चिमी मुलुकको कारवाईको आलोचना गरेका छन।
अमेरिकी "लोस एन्जेल्स टाइमस"भन्ने अखवारले अस्ति एउटा लेख प्रकाशित गर्दै चीनद्बारा तिब्बतमा शासन चलाइएको इतिहास तेह्र शताव्दीमै शुरु भएको कुरा जनाएको छ। त्यस लेखमा भनिएको छ: चीनद्बारा तिब्बतको शासन चलाइएको समय केही पश्चिमी मुलुक रहिरहेको समयभन्दा अझ लामो थियो। यसैले पश्चिमी जगतले सक्दो प्रयासमार्फत दलाई तथा चीन सरकार बीचको मतभेदलाई हटाउनुपर्छ, बरु त्यस मतभेदलाई अझ ठूलो पार्नु हुदैन।
जर्मनीको "फोकस"नामक साप्ताहिक पत्रिकाले गत चौब्बीस तारिखका दिन एउटा लेख प्रकाशित गर्दै जर्मनीले अर्थतन्त्र ज्यादै समृद्ध भैरहेको चीनको राजनैतिक मामिलामा हस्तक्षेप नगर्ने आशा जर्मनी आर्थिक क्षेत्रका उच्च तहले व्यक्त गरेको कुरा पनि जनाएको छ।
|