जन-दैनिक समाचारपत्रले आज लेखकको नाउँसहित एक लेख प्रकाशित गरी दलाई गूटले पृथकतावादी गतिविधि रोकेको खण्डमा मात्र विकल्प हुने कुरा उल्लेख गरेको छ।
सो लेखमा भनिएको छ- धर्मालम्बीहरु लगायतको प्रत्येक व्यक्तिको आफ्नो मातृ-भूमि हुन्छ। मातृ-भूमि जहिले पनि प्रत्येक मानिसको आत्मा रहने ठाउँ हो। छिंग हाई तिब्बत टारभूमि हान र तिब्बत लगायतका विभिन्न जातिको साझा थलो हो। प्राचीन कालदेखि तिब्बत चीनको एक अखण्डनीय भाग हो। तिब्बत जहिले पनि केन्द्रीय शासनको मातहतमा रहँदैआएको छ। यो निर्विवाद अकाट्य ऐतिहासिक तथ्य हो, साथै तिब्बती देश-बन्धुहरु लगायत चीन राष्ट्रका छोरा-छोरीहरुले मान्यता दिइसकेको कुरा पनि हो।
सो लेखमा भनिएको छ- मातृ-भूमिलाई टुक्याउने अडान त्याग गर्ने र मातृ-भूमिलाई अलग्याउने सबै गतिविधि बन्द गर्ने भन्ने कुरा मातृ-भूमिको एकीकरण गर्ने दलाई गूटको सदिच्छा छ वा छैन भन्ने कसी हो। साथै त्यसले दलाई गूटले तथाकथित "तिब्बती जनताको हितका लागि" हो भनेर अभिव्यक्त गरेको साँचो मन छ वा छैन भन्ने कुराको जाँच पनि गर्दछ।
|