तिब्बत स्वायत्त प्रदेश सरकारका अध्यक्ष छ्यांगपा पुंगचोकले तिब्बतले "मार्च चौध"को घटनाबाट ल्याइएको नकारात्मक असरलाई चाँडै हटाएर जून महिनाको मध्यकालपछि विदेशी पर्यटकको पुन:सत्कार गर्ने कुरा वताउनुभएको छ।
लासा शहरमा हालै आयोजित पहिलो त्रैमासिक अवधिमा तिब्बतको आर्थिक परिस्थितिसम्बन्धी टेलिभिजन एवम् टेलिफोन सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष छ्यांगपा पुंगचोकले उक्त कुरा वताउनुभएको हो।
श्री छ्यांगपा पुंगचोकका अनुसार, "मार्च चौध" को घटनाअघि तिब्बतको आर्थिक वृद्धिको प्रवृति प्रबल भएको छ। "मार्च चौध"को घटनापछि तिब्बतको आर्थिक वृद्धि मन्द भएको छ। तथापि समग्र दृष्टिकोणबाट हेर्दा पहिलो त्रैमासिक अवधिमा तिब्बतको अर्थतन्त्रको वृद्धि स्थिर र तुलनात्मक रुपमा तिव्र भएको प्रवृति जारी छ।
|