चिनियां परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कान्ले आज पैचिंगमा बोल्दै हाल सि एन् एन्का अध्यक्षद्वारा अमेरिकाका लागि चिनियां राजदूतलाई यौटा पत्र पठाएर गत महिना सि एन् एन्का उद्घोषक जेक काफ्फर्टीबाट अपमानजनक भाषा प्रयोगगरी चिनियां जनताको अपमान गरेकोमा सि एन् एन्का तर्फबाट औपचारिक रुपमा चिनियां जनतासमक्ष क्षमायाचना गर्नुभएको कुरा बताउनुभएको छ ।
उक्त पत्रमा भनिएको छः सि एन् एन्ले विश्वव्यापी चिनियांहरुप्रति सर्वोच्च सम्मानजनक भावना लिएको छ । काफ्फर्टीको टिप्पणीले सच्चा रुपमा चिनियां जनतालाई क्षति पुर्याएको कुराप्रति हामीहरु विश्वस्त छौं । यसका लागि मैले सि एन् एन्का तर्फबाट चिनियां जनतासमक्ष क्षमायाचना गर्न चाहन्छु ।
|