चीनको तिब्बत शास्त्रको अनुसन्धान केन्द्रका विशेषज्ञ लेन स्याङ्ग मिनले हालै बोल्दै पश्चिमी जगतका केही सर्वसाधारणले "ल्हासा सन्धि" लाई पहिले तिब्बत एउटा स्वाधिन मुलुक थियो भन्ने कुराको प्रमाणको रुपमा व्यवहार गरेको कुरा औंल्याउनुभयो। तर ल्हासा सन्धिबाट बेलायतद्बारा तिब्बतको थिचोमिचो गरिएको तथ्य कुरालाई फेरि प्रमाणित गरिएको छ, बरु इतिहासमा तिब्बत एउटा स्वाधिन मुलुक थियो भन्ने कुरालाई प्रमाणित नहुने भएको कुरा पनि उहाँले औंल्याउनभुयो।
श्री लेन स्याङ्ग मिनले हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै भन्नुभयो: सन् 1903मा बेलायती सेनाले अवैध रुपमा चीनको तिब्बतको थिचोमिचो गर्दै तिब्बतका अधिकांश धर्मावलम्बी तथा सर्वसाधारणको हत्या गरेको थियो। सन् 1904को अगष्ट तीन तारिखका दिनमा बेलायती सेनाले ल्हासामाथि आक्रमण गरेको थियो। त्यति बेला अर्थात तेह्रौं दलाई मुख्य भूमितर्फ भागेर गएका अवस्थामा बेलायतले त्यसै वर्षको सेप्टेम्बर सात तारिखका दिनमा दलाईको प्रतिनिधिसँग "ल्हासा सन्धि"मा हस्ताक्षर गरेको थियो। थिचोमिचो भन्ने कारवाई वास्तवमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन नै हो। यसै कारण "ल्हासा सन्धि"बाट त्यति बेला तिब्बत एउटा स्वाधिन मुलुक थियो भन्ने कुरालाई प्रमाणित गर्नसकिंदैन।
|