चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैइचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले जेनेभामा आयोजना हुन लागेको इरानको आणविक समस्या सम्बन्धी बैठकमा ठोस प्रगति हासिल हुने आशा गरेको बताउनुभयो।
इरानको आणविक समस्या सम्बन्धमा आज पत्रकारद्बारा सोधिएको एक प्रश्नको जवाफ दिँदै श्रीमति च्याङ्ग युले चीनले अन्तर्राष्ट्रिय आणविक अविस्तार प्रणालीको समर्थन गर्नुका साथै वार्तामार्फत इरानको आणविक समस्याको समाधान हुनु पर्ने अडान लिएको बताउनुभयो।
|