चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनका प्रधानमन्त्री वन च्या पाउले गर्न लाग्नुभएको उत्तर कोरियाको भ्रमण चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वर्ष तथा चीन उत्तर-कोरिया मैत्री वर्षका लागि एक महत्वपूर्ण विषय हुने वताउनुभयो।
उत्तर कोरियाको श्रमिक पार्टी केन्द्रीय समिति तथा उत्तर कोरिया सरकारको निम्तोमा चीनका प्रधानमन्त्री वन च्या पाउले अक्टोबर चारदेखि छ तारिखसम्म उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ।
|