फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साताको चर्चित शब्द--奥斯卡

(GMT+08:00) 2016-04-14 14:57:09

फेब्रुअरीको अन्त्यमा अठ्ठासीऔं ओस्कार सम्पन्न भएको छ। यो हप्ता हामी ओस्कारको बारेमा कुराकानी गरौं। ओस्कार विश्व प्रसिद्ध चलचित्र पुरस्कार छ। ओस्कारमा बीसभन्दा बढी विविध चलचित्रसम्बन्धी पुरस्कार छन्। विश्वमा सबभन्दा लामो एतिहासिक चलचित्र पुरस्कार हुनुका साथै विश्वमा सबभन्दा प्रभावशाली चलचित्र पुरस्कार पनि यही हो।

पहिलो ओस्कार वितरण समारोह सन् 1929 मईको सोह्र तारिख हलिउडमा आयोजना भएको थियो। चलचित्र व्यवसाय र साझा मानिसले ओस्कारको आरम्भमा गहिरो रुपमा नजर पुर्‌याएका थिए। त्यसपछि हरेक वर्ष ओस्कार पुरस्कार वितरण समारोह आयोजना भइरहेको छ। तर ओस्कारको इतिहासमा तीन पटक विशेष कारणले स्थगित भएको छ। पहिलो पटक सन् 1938 तत्कालीन लसएन्जलसमा ठूलो बाढी आएकोले ओस्कार समारोह एक हप्ता स्थगित भएको थियो। दोस्रो पटक सन् 1968 मा प्रसिद्ध मानव अधिकारवादी अभियन्ता मार्टिन लुथर किङको अन्त्येष्टिमा एक दिन र तेस्रो पटक सन् 1981 तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल रेगनको हत्या भएकाले ओस्कार समारोह 24 घण्टा स्थगित भएको थियो।

कसरी जुर्‍यो नाम?

ओस्कारको नामबारे विभिन्न भनाइ छन्। सन् 1931 मा अमेरिकी चलचित्र कला र विज्ञान प्रतिष्ठानको पुस्तकालयका एक जना प्रशासकले ओस्कार कप हेरेर अच्चम मान्दै भनेका थिए"ओ हो यो कप त मेरो मामा ओस्कार जस्तै छ!" सो कुरा एक जना पत्रकारले सुनेपछि अखबारमा यसरी लेखेछन् चलचित्र कला र विज्ञान प्रतिष्ठानका कर्मचारीले भावनात्मक रुपमा पुरस्कारको कपलाई ओस्कार भनेका छन्।

अर्को भनाइ हलिउडका प्रसिद्ध अभिनेता बेट्टी ताइवेसबाट आएको थियो। उहाँले पहिलो पटक ओस्कार पुरस्कार लिँदै उत्तेजित हुँदै आफ्ना श्रीमान ओस्कारको नाम लिनुभएको थियो। त्यहाँ उपस्थित पत्रकारहरुले त्यो सुनेर त्यो पुरस्कारलाई नै ओस्कार भनेका छन्।

ओस्कार चलचित्र व्यवसायमा अतुलनीय स्थान भएकोले प्रत्येक अभिनेताले ओस्कार पाउने आशा रेखका हुन्छन्। लियोनार्डो यीमध्यको एक हुन्। उनी तीन पटक ओस्कारका लागि छनोट भए पनि ओस्कार पाउन सकेका थिएनन्। उनी क्रमशः सन् 1994, सन् 2005 र सन् 2007 मा ओस्कारका उत्कृष्ट कलाकारमा छनोटमा परेका थिए। यस पटकको अठ्ठासीऔँ ओस्कारमा उनी फेरि पटक उत्कृष्ट अभिनेताका रुपमा छनोटमा परे र ओस्कार पुरस्कार लिन पनि सफल भए। उनलाई मन पराउने दर्शकहरुलाई पनि यो कुराले खुशी बनाएको छ।

जानकारी तथा लेखहरु