फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"फूल फुलिरहेको वसन्त ऋतुमा राष्ट्रिय भर्ना कार्य"द्बारा २ लाख १० हजार रोजगारी पद उपलब्ध

(GMT+08:00) 2020-03-23 19:06:33
चाइना मिडिया ग्रुप, राज्य परिषद् अन्तर्गत राष्ट्रिय पूँजी समिति र चाइना मिडिया ग्रुपको एप्लिकेसन अर्थात् याङ श फिनको संयुक्त सहकार्यमा संगठित विशाल अनलाइन भर्ना गराउने कार्य अर्थात् "फूल फुलिरहेको वसन्त ऋतुमा राष्ट्रिय भर्ना कार्य" गत मार्च २ तारिखदेखि औपचारिक रुपमा शुरु भएयता लगभग ३ हजार २ सय केन्द्रीय व्यवसाय, बिशाल राष्ट्रिय व्यवसाय, नामी निजी व्यवसाय र सामाजिक संस्थालाई आकर्षित गरेको छ। त्यस कार्यले अघिपछि गरी चालु वर्ष विश्वविद्यालयबाट स्नातक हुनलागेका विद्यार्थी लगायतका काम खोज्ने व्यक्तिहरूलाई २ लाख १० हजारभन्दा बढी श्रेष्ठ रोजगारी पद उपलब्ध गराएको छ।

कोभिड १९ को संक्रमण भइरहेको अवधिमा विभिन्न एकाई र संस्थामा कारोबार र उत्पादन पुन:आरम्भ गर्न कामदार निकै अभाव हुने कठिनाइको समाधान गर्नका लागि चाइना मिडिया ग्रुपको एप्लिकेसन अर्थात् याङ श फिनले उक्त "फूल फुलिरहेको वसन्त ऋतुमा राष्ट्रिय भर्ना गतिविधि"को आरम्भ गरेको छ।

हाल चासो भएका नामी व्यवसायहरूको संख्या पनि लगातार बढ्दै जानेछ। भर्ना गराउने परिधि पनि निरन्तर रुपमा विस्तार हुँदै आएको देखिन्छ। काम खोज्ने व्यक्तिले घरमै बसेर अनलाइनमार्फत क्लाउड परिचय र सम्बद्ध भर्ना सूचनाको अवलोकन गर्नुका साथै इन्टरनेटमार्फत आफ्नो बायोडाटा पठाउन सक्नेछन्।

जानकारी तथा लेखहरु