फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको सम्बोधनप्रति नेपालका बुद्धिजीवीको प्रशंसा

(GMT+08:00) 2020-09-23 19:35:14

संयुक्त राष्ट्र संघको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित महासभालाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नु भएको सम्बोधन निकै महत्वपूर्ण रहेको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले बताउनु भएको छ। चिनियाँ मिडिया ग्रुपसँगको कुराकानीमा भट्टराईले सीको सम्बोधन विश्व शासन व्यवस्थामा केन्द्रित रहेको बताउनुभयो। न्यायको पक्षमा कानुनको शासन स्थापना गर्न र अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्दै आधारभूत कार्यमा केन्द्रित रहन सीले अपिल गर्नु भएको भट्टराईले बताउनुभयो।

राष्ट्राध्यक्ष सीले विश्वलाई कोभिड १९ को संक्रमणबाट माथि उठाइ विकास पथमा अगाडि बढाउन र मानव समुदायको साझा भाग्य निर्माण गर्न पनि उहाँले जोड दिनु भएको भट्टराईले बताउनुभयो। संयुक्त राष्ट्र संघमा विश्व शान्ति र वृहत्तर विकासका लागि चीनले निर्वाह गरेको भूमिका सराहनीय छ। सुरक्षा परिषदका पाँच सदस्य मुलुकहरुमध्ये चीनले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै चीनले हालै प्रकाशित गरेको श्वेत पत्रमा पनि संयुक्त राष्ट्र संघमा चीनको भूमिकालाई प्रकाश पारेको भट्टराईले बताउनुभयो। वहुपक्षीय साझेदारी र विकासोन्मुक मुलुकको विकासमा पनि चीनले उच्च प्राथमिकता दिएको र शान्तिपूर्ण विकासका कुरालाई राष्ट‍राध्यक्ष सीले आफ्नो सम्बोधनमा प्रस्तुत गर्नु भएको भ‍ट्टराईले बताउनुभयो।


जानकारी तथा लेखहरु