फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आलु चाउचाउबाट धनी बन्ने काइदा

(GMT+08:00) 2019-08-13 08:54:47

चीनको पश्चिमी भागमा पर्ने नीङस्या ह्वी जातिय स्वायत्त प्रदेशीय कु युवान शहरको सिची जिल्लालाई 'चीनको आलु जिल्ला' मानिन्छ। सन् १९३५ को अगष्त महिनामा चीनको लाल सेनाको लामो यात्राको क्रममा लालसेनाको एक फौज यसै जिल्लामा केही बेरसम्म आराम गर्न गएको थियो। लाल सेनाको त्यस फौजले स्थानीय कृषकहरूलाई आलुबाट पारदर्शी चाउचाउ बनाउने सिप सिकाएका थिए। आजआएर स्थानीयहरूले यस्तो चाउचाउ उत्पादन गर्दै लाल सेना चाउचाउको नाम दिएका छन्। सस्तो आलु पारदर्शी चाउचाउबाट ठूलो लाभ उठाइएको छ र यहाँको वाङ ह गाँउबस्तीमा यो नै गरिबबाट मुक्त बन्ने प्रधान उद्योग बनेको छ। सन् २०१५ मा सम्पूर्ण वाङ ह गाँउबस्ती नै गरिबीबाट मुक्त भएको थियो र सन् २०१८ को अन्तसम्म यसै गाँउबस्तीका मानिसहरूको प्रतिव्यक्ति औसत आम्दानी १० हजार भन्दा बढी पुगेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु