फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्षकी श्रीमती र फ्रान्सका राष्ट्रपतिकी श्रीमतीबाट शाङहाई विदेशी भाषा विश्वविद्यालयमातहतको विदेशी भाषा विद्यालयको अवलोकन

(GMT+08:00) 2019-11-06 10:58:13

चीनका राष्ट्राध्यक्षकी श्रीमती फङ ली युआन र फ्रान्सका राष्ट्रपतिकी श्रीमती ब्रिजिट म्याकरोनले ५ तारिख शाङहाई विदेशी भाषा विश्वविद्यालयमातहतको विदेशी भाषा विद्यालयको अवलोकन गर्नुभएको छ।

उहाँहरूले विद्यालयको सञ्चालन तथा अन्तर्राष्ट्रिय आदान-प्रदान बारे जानकारी लिनुका साथै फ्रान्सेली भाषा कक्षा र गैर-भौतिक सांस्कृतिक सम्पदा कक्षाको निरिक्षण गर्नुभएको छ। विद्यार्थीहरूले उहाँहरूका लागि चिनियाँ तथा फ्रान्सेली नाचगान र परम्परागत ओपेरा प्रदर्शन गरेका छन्।

अवलोकनको क्रममा संस्कृतिले समय र ठाउँ पार गरेर मनलाई जोडेको फङ लीयुआनले बताउनुभयो। उहाँले दुई देशका युवाले संस्कृतिद्वारा दुई देशको मित्रताको विकास गर्ने आशा गर्नुभएको छ।

विद्यार्थीहरूको प्रतिभा र उनीहरूको फ्रान्सेली संस्कृतिको मायाले आफूलाई गहिरो छाप पारेको भन्दै ब्रिजिटले दुई देशका युवाबीच अझ बढी आदान-प्रदान र मित्रताका लागि प्रोत्साहित गर्नुभएको छ।

जानकारी तथा लेखहरु