फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनलाई बुझौं" पुस्तक प्रदर्शनी एवं "चीन-भारत सांस्कृतिक आदान-प्रदान फोटो प्रदर्शनी" नयाँ दिल्लीमा आयोजित

(GMT+08:00) 2020-02-03 15:44:27

"चीनलाई बुझौं" पुस्तक प्रदर्शनी एवं "चीन-भारत सांस्कृतिक आदान-प्रदान फोटो प्रदर्शनी" जनवरी ४ तारिख नयाँ दिल्लीमा आयोजना भएको छ। सो आयोजित कार्यक्रम "चीन-भारत दौत्य सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा मनाइने अनेकन् कार्यक्रमहरु" मध्येको एक हुनुका साथै चीन र भारतबीच २ हजार वर्षदेखि हुँदैआएको सांस्कृतिक आदान-प्रदान प्रदर्शन पनि हो।

चालू वर्ष चीन र भारत बीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष हो। दुई मुलुकका सरकारले यस विशेष वर्ष मनाउन संयुक्त रुपमा ७० कार्यक्रमको आयोजना गर्ने निर्धारण गरेका छन्। यस पटकको पुस्तक प्रदर्शनीको अवधिमा चीन र भारतका प्रकाशन पक्षले चीन र भारत बीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षबारे प्रकाशन क्षेत्रको सांस्कृतिक आदान-प्रदान कार्यक्रम शुरु गरेका छन्। भारतका लागि चिनियाँ राजदूत सुन वै तुङले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो,

चालू वर्षको शुरुमा दुई मुलुकका प्रकाशन क्षेत्रका साझेदारीले संयुक्त रुपमा चीन-भारत पुस्तक प्रकाशनको प्रसार कार्यक्रमको आयोजना गरेकोमा मलाई खुसी लागेको छ। जसबाट चीन-भारत सम्बन्धको स्थापनाको ७० औं वर्ष शुरु भएको छ। आज प्रदर्शन गरिएका यी पुस्तकहरु चीन र भारत यी दुई वटा विशाल सभ्यता सम्पर्क गर्ने पूल बन्नसक्ने छ भन्ने आशा मैले गरेको छु।

1  2  
जानकारी तथा लेखहरु