फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जर्मनीमा बसोबास गर्ने चिनियाँ पियानोवादक चाङ हाईऔद्वारा ओस्बर्गहोफ अन्तर्राष्ट्रिय शास्त्रीय संगीत महोत्सव आयोजित

(GMT+08:00) 2020-08-03 11:15:18

चाङ हाईऔ जर्मनीमा बसोबास गर्ने प्रसिद्ध चिनियाँ पियानोवादक हुनुहुन्छ। सन् २०१० देखि उहाँले जर्मनीको उत्तरी भागस्थित आफ्नो नाममा अन्तर्राष्ट्रिय संगीत महोत्सवको आयोजना गर्दै आउनुभएको छ। हाल उहाँ आमन्त्रित भएर ओस्बर्गहोफ अन्तर्राष्ट्रिय शास्त्रीय संगीत महोत्सवको आयोजना गर्न दक्षिण-पश्चिमी जर्मनीमा रहेको बादेनवुर्टेम्बर्ग राज्य जानुभएको छ। जसबाट चाङ हाईऔ जर्मनीको संगीत महोत्सवको आयोजना गर्ने पहिलो चिनियाँ पियानोवादक बन्नुभएको छ।

चालू वर्ष जर्मनीका प्रसिद्ध संगीतकार बीथोभनको जन्म भएको २५० औं वर्ष हुनुका साथै ब्रुचको निधन भएको १०० औं वर्ष पनि हो। त्यसैले जर्मनीका महान संगीतकारप्रति सलामी अर्पण गर्नु ओस्बर्गहोफ अन्तर्राष्ट्रिय शास्त्रीय संगीत महोत्सवको एउटा चर्चित विषय हुनेछ। यसका साथै अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा रहेका उत्कृष्ट संगीतकारहरुबाट गठित समूहको परम्परागत संगीत रचनाहरुको रोचक प्रस्तुतिले विभिन्न उमेरका दर्शकहरुको अलग अलग मांग पूरा गरेको छ।

सन् २०२० को ग्रीष्म ऋतुदेखि सन् २०२१को वसन्त ऋतुसम्म चल्ने सम्पूर्ण संगीत महोत्सवमा विभिन्न प्रकारको संगीत समारोह रहनुका साथै यस पटकको संगीत महोत्सवको अन्त्यमा सन् २०२१ को अप्रिलमा अन्तर्राष्ट्रिय पियानो महोत्सव हुनेछ। त्यस बेला एक जना चिनियाँ युवा संगीतकार लगायत विश्वको पियानो क्षेत्रका ६ जना नयाँ वादकले एकल पियानो वादन गर्ने छन्। जसले युवा संगीतकारलाई एउटा सुअवसर प्रदान गरेको ठहर चाङ हाईऔ गर्नुहुन्छ,

ती ६ जना वादकले धेरै वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका पुरस्कार जितेका छन्। मैले यस पटक युरोपका विभिन्न संगीत मण्डलका प्रथम निर्देशक निम्तो गरेको छु। ती निर्देशकहरुले कुनै युवा पियानो वादकको उत्कृष्ट प्रदर्शनबारे चासो राख्ने हो भने संगीत मण्डलमा सहयोग गर्न निम्त्याउनुहुन्छ। युवा पियानो वादकलाई एउटा चौतारो प्रदान गरी उनीहरुको प्रतिभा सकेसम्म यस चौतारोमा प्रदर्शन गर्नसक्ने र उनीहरुलाई सहयोग पुर्‍याउने महत्वपूर्ण स्रोत भेटाउनसक्ने मेरो आशा छ। चिनियाँ युवा-युवती उत्तम भएमा उनीहरुलाई सघाउ पुर्‍याउन म इच्छुक रहेको छु।

कोरोना भाइरस महामारीले जर्मनीमा सांस्कृतिक अभिनयमा ठूलो प्रभाव पारेको छ। हाल जर्मनीका विभिन्न राज्यहरुले महामारीको प्रतिरोध सम्बन्धी कदमलाई विस्तारै खुकुलो पारेका छन्, तैपनि संगीत समारोहको आयोजनामाथि तुलनात्मक रुपमा कडा सिमा राखेका छन्। बादेनवुर्टेम्बर्ग राज्यको नियममा भित्री संगीत समारोहका लागि दर्शकहरुको संख्या बढीमा एक सय जना हुनुपर्ने तोकिएको छ। त्यसैले स्थानीय सरकारले कडा कदम खारेज गर्नुअघि चाङ हाईऔ र उहाँको समूहले विश्वलाई अरु बढी व्यक्ति शास्त्रीय संगीतबाट आनन्द लिन प्रत्यक्ष प्रसारणको तरिकाको उपयोग गर्ने छन्। उहाँ भन्नुहुन्छ,

संगीत समारोहका दर्शकहरुको संख्या सीमित हुने भएकाले एउटा कोठामा भएको मिठो स्वर आधुनिक कलाको तरिकामार्फत अरु बढी व्यक्तिहरुलाई प्रदान गर्नसक्ने आशा हामीले राखेका छौं। जुन विश्वका लागि हो, त्यसैले चिनियाँ श्रोताहरुले पनि सुन्न पाउने हाम्रो इच्छा छ। कोरोना भाइरस महामारी देखा परेको विशेष कालमा संस्कृति र संगीत एकदम महत्वपूर्ण रहेको मलाई लाग्छ। विशेष गरी शास्त्रीय संगीतले बलियो भावनात्मक शक्ति पुर्‍याउनसक्छ। यस्तो बेलामा संगीतकारहरुले जिम्मा लिएर सीमित शर्तमा अरु बढी व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ।

जानकारी तथा लेखहरु