फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहेंलो नदी मानिसहरुको मनमा रहेको जुहारात होः अमेरिकी नागरिक लिउ थेन लाङ

(GMT+08:00) 2020-10-26 15:40:38

 

चीनको पहेंलो नदीले निरन्तर रुपमा अघि बढ्ने प्रवृतिमार्फत चिनियाँ राष्ट्रको आत्म-सुधारको स्वभाव बनाएको छ। हिजोआज चीनले पहेंलो नदी क्षेत्रको पर्यावरणीय संरक्षण र गुणस्तरीय विकासलाई अघि बढाउँदै आएको छ। पहेंलो नदी क्षेत्रमा बसोबास गर्ने धेरै विदेशी साथीहरुले चीनको यस मातृ नदीप्रति गहिरो भावना प्रकट गरेका छन्।

सानैदेखि इतिहास र संस्कृतिमा चासो राख्ने अमेरिकी रिच पलुटाले पहेंलो नदी बगेर जाने लान चौ शहरमा पाँच वर्ष बिताएका छन्। उनको परिवारले उनलाई चिनियाँ नाम "लिउ थेन लाङ" दिएको छ। लिउ थेन लाङको विचारमा पहेंलो नदी स्थानीय वासिन्दाहरुको मनमा रहेको जुहारात हो। उनले पहेंलो नदी क्षेत्रको अरु राम्रो विकास हुनसक्ने अपेक्षा गरेका छन्। चालू वर्ष ४६ वर्षीय लिउ थेन लाङ अमेरिकी न्युयोर्क राज्यबाट आएका हुन्। ६ वर्षको उमेरमा उनले चिनियाँ कुङ फु सम्बन्धी एउटा पुस्तक पढेपछि चीनप्रति आकर्षित हुन थाले। त्यसपछि उनले चिनियाँ इतिहास, संस्कृतिप्रति चासो राखे।

विश्वविद्यालयमा पढ्दा मैले धेरै चिनियाँ विद्यार्थीहरुसँग भेटें। उनीहरुसँग खेल्न पाउँदा मलाई खुसी लाग्यो। उनीहरुले मलाई टेबल टेनिस खेल्न सिकाउनुका साथै चिनियाँ खाना पकाउन सिकाए। उनीहरु शाङहाई, क्वाङ चौ र पैचिङ लगायतका शहरका थिए। मैले धेरै चिनियाँहरुको विचारबारे जानकारी लिएर विभिन्न अनुभव बटुलेको छु।

1  2  
जानकारी तथा लेखहरु