फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको स छ्वान प्रान्तीय तानबा जिल्लामा च्यारुङ ग्रामीण रीतिरिवाज महोत्सवको आयोजना

(GMT+08:00) 2020-10-28 10:07:59

अक्टोबर २६ तारिख चीनको स छ्वान प्रान्तीय तानबा जिल्लाको च्यारुङ ग्रामीण रीतिरिवाज महोत्सव २०२० कान च तिब्बती प्रशासनिक क्षेत्रको तानबा जिल्लामा आयोजना भएको छ। उक्त महोत्सवको उद्देश्य तानबाको प्राकृतिक जातीय संस्कृति तथा पर्यटकीय स्रोत-साधन प्रदर्शन गर्नुका साथै अझै धेरै मानिसहरूलाई तानबाबारे जानकारी गराउनु हो।

सन् २०१९ मा तानबा जिल्लाले ३० लाख ५ सय पर्यटक भित्र्याएको थियो। साथै पर्यटन क्षेत्रबाट ३ अर्ब ५१ करोड चिनियाँ युआनको आम्दानी गरेको थियो। पर्यटकको स्वागत गर्ने होम्स्टेको संख्या शुरुका ४ वटा नमूना परिवारबाट बढेर हाल ४१५ वटा पुगेका छन्।

तानबा जिल्ला च्यारुङ तिब्बत जातीय संस्कृति केन्द्रका साथै "चीनको सबैभन्दा सुन्दर गाउँ" र "चीनको ऐतिहासिक तथा सांस्कृतिक गाउँ" हो।

जानकारी तथा लेखहरु