फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शुभकामना

(GMT+08:00) 2016-11-02 10:36:12
प्रिय लालिमाजी,

नमस्कार ।

नेपालको छिमेकी मित्रराष्ट्र चीन अन्तरिक्ष स्टेशन पाउने एक मात्रै मुलुक बन्न सकोस् भन्ने हार्दिक शुभकामना प्रकट गर्दछु ।

हालै बेइजिङमा आयोजित कार्यक्रममा चीनको एयरस्पेस विज्ञान तथा प्रविधि ग्रुपका अध्यक्ष लेइ फान फेइले सन् २०१८ सम्ममा अन्तरिक्ष स्टेशनको परिक्षण केन्द्र क्याबिन प्रक्षेपण गर्ने, सन् २०२२ मा बीस बीस टनका सामूहिक क्याबिन अन्तरिक्ष स्टेशन प्रक्षेपण गर्ने चीनको योजना रहेको बताउँदै सन् २०२४ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको कार्यवाही पूरा हुँदासम्म चीन विश्व अन्तरिक्ष स्टेशन प्राप्त गर्ने एक मात्रै मुलुक बन्ने सम्भावना रहेको जानकारी दिनुभएको कुराले हामी निकै हर्षित छौं । हामी विश्वास गर्दछौं कि अबका केही समयमा नै चीनले आफ्नो अन्तरिक्ष स्टेशन प्राप्त गर्नेछ ।

ग्रुपका अध्यक्ष लेइ फान फेइका अनुसार, चीनको अन्तरिक्ष स्टेशन कार्यक्रम निश्चित भइसकेको छ भने त्यसमा एउटा केन्द्र क्याबिन र दुई वटा परिक्षण क्याबिन रहेका छन् साथै बहुइन्टर्फेस भएर बहु विमानसँग एकै चोटि जडान गर्न सकिनेछ । यो निकै खुशीको कुरा हो । सन् २०१८ मा अन्तरिक्ष स्टेशन परिक्षण केन्द्र क्याबिनलाई लङ्ग मार्च नम्बर पाँच बाहन रकेटबाट कक्षमा पु¥याइनेछ, सन् २०२२ मा चीन आफैंले अध्ययन गरी बनाएको बीस बीस टनका सामूहिक अन्तरिक्ष स्टेशन प्रक्षेपण गरिनेछ । यस्तो खुशीको समाचारलाई हामी सबैले रमाइरमाई ग्रहण गरिरहेका छौं ।

नेपालको छिमेकी देश चीनले दिनप्रतिदिन अन्तरिक्ष विज्ञानका क्षेत्रमा गरिरहेको उन्नती प्रगति र प्राप्त गरेका सफलताहरुले हामी साच्चिकै खुशी छौं । आजको २१ सौं शताब्दीको विश्वमा चीनले हासिल गरेको सफलता वास्तवमा नै अनुकरणीय छ । आगामी दिनमा थप सफलता प्राप्त गर्न नेपालको छिमेकी देश चीन पूर्णतया सफल रहने तथ्यमा हामी विश्वस्त छौं । पुनः एकपटक चीनको सफलताका लागि हार्दिक मंगलमय शुभकामना छ ।

भवदीय,

राजेन्द्र पहाडी

मनिटर

सीआरआई नेपाली विभाग

कुश्मा, पर्वत

जानकारी तथा लेखहरु