चीनको भुखण्डको क्षेत्रफल

            जन-गणतन्त्र चीनलाई छोटकरीमा चीन भनिन्छ। यो एशिया महादेशको पूर्व र प्रशान्त महासागरको पश्चिमी भागमा पर्दछ। चीनको भू-भागको कुल क्षेत्रफल 96 लाख वर्गकिलोमिटर छ। यो एशिया महाद्विपको सबैभन्दा ठूलो मुलुक हो। विश्वमा यो रुस र क्यानाडाभन्दा सानो छ। यसरी भू-भागको दृष्टिकोणले चीन विश्वको तेश्रो ठूलो देश हो।

          चीनको भू-खण्ड उत्तरी चीनको मो ह नदीको उत्तरमा पर्ने है लुंग च्यांग नदीको केन्द्रबाट (उत्तरी अक्षांश 53°30') दक्षिणी चीनको नान शा टापूहरुको सबैभन्दा दक्षिणतिर रहेको चंमुआनशा भन्ने टापूसम्म (उत्तरी अक्षांश 4°) रहेको छ। चीनको सुदूर उत्तर र दक्षिण बीचको अक्षांशको अन्तर 49°भन्दा बढी छ भने उत्तर तथा दक्षिण बीचको भौगोलिक दूरी 5500 किलोमिटर जति छ। चीनको भू-खण्ड पूर्वी चीनको है लुंग च्यांग नदी र उ सु लि च्यांग नदी मिसिएको स्थानबाट (पूर्वी देशान्तर 135°05') पश्चिमी चीनको फामिल टारभूमिसम्म (पूर्वी देशान्तर 73°40') रहेको छ। पूर्व र पश्चिम बीचको lदेशान्तर 60°भन्दा बढी र पूर्व तथा पश्चिम बीचको अन्तर 5000 किलोमिटर जति छ।

        चीनको स्थल-सीमा-क्षेत्रको लम्बाई 22.8 हजार किलोमिटर छ। पूर्वतिर प्रजातान्त्रिक जन-गणतन्त्र कोरियासँग जोडिएको छ। उत्तरतिर मंगोलियासँग जोडिएको छ। उत्तर-पूर्वतिर कजाखस्तान र किर्गिजस्तानसँग जोडिएको छ। पश्चिम र दक्षिण-पश्चिमतिर अफगानीस्तान, पाकिस्तान, भारत, नेपाल, भूटान लगायतमा मुलुकहरुसँग जोडिएका छन्। दक्षिणतिर म्यान्मार, लाओस र भियतनामसँग जोडिएको छ। पूर्व तथा दक्षिण-पूर्वतिर गणतन्त्र कोरिया, जापान, फिलिपिन्स, मलेशिया, इन्डोनेशिया पर्दछन्। यिनीहरुलाई चीनको भू-भागदेखि सागरले छुट्याइएको छ।