चीनको भौगोलिक स्थिति
           आकाशबाट हेर्दा चीनको पश्चिमी भाग अग्लो र पूर्वी भाग होचो देखिन्छ। लाखौं वर्षअघि चीनको छिंग हाई-तिब्बत टारभूमि समुद्रबाट माथि उठेको थियो। त्यसपछि चीनको भौगोलिक अवस्थितिमा चारवटा खुड्किला बनेका छन्। छिंग हाई-तिब्बत टारभूमिको सरदर उचाइ समुद्री सतहदेखि 4500 मिटरभन्दा उच्च छ। छिंग हाई-तिब्बत टारभूमिमा संसारको सबैभन्दा अग्लो पर्वतमाला हिमालय र संसारको सबैभन्दा अग्लो चुचुरो चोमोलांमा अर्थात् सगरमाथा रहेका छन् । यो पहिलो खुड्किला हो। छिंग हाई-तिब्बत टारभूमिदेखि उत्तर-पूर्वतर्फको दोस्रो खुड्किला भित्री मङ्गोलिया पठारभूमि, ह्वाङ्गथु पठारभूमि, युननान-क्वीचौ पठारभूमि, थालिम, जुनगर तथा स छ्वान भञ्ज्याङद्वारा बनेको छ। त्यसको उचाइ समुद्र सतहदेखि सरदर 1000 देखि 2000मिटरसम्म रहेको छ। दोस्रो खुड्किलोदेखि पूर्वतर्फको तासींगआन लींग पर्वतमाला, थाइहांग शान पहाड, वु शान पहाड र श्वे फंग शान पहाडसम्म फैलिएर उत्तर पूर्वी चीन, उत्तर चीन र याङसी नदी बगेर जाने मध्य तथा तल्लो तराई क्षेत्रसम्म तेस्रो खुड्किलो बनेको छ। त्यसको उचाइ समुद्री सतहदेखि सरदर 500 देखि 1000 मिटरसम्म रहेको छ। त्यसदेखि पूर्वतर्फ रहेका महादेशीय चट्टान, कम गहिराइको समुद्र र त्यसमा छरिएर रहेका टापूहरु चौथो खुड्किलो अन्तर्गत पर्दछन। त्यहाँ पानीको गहिराई 200 मिटर भन्दा कम छ।