सुङ्ग वंशको निर्माणवस्तु
          इस्वी सम्बत 960 देखि 1279सम्म चीनमा सुङ्ग वंश काल थियो। सो काल चीनको राजनीति र सुरक्षा क्षेत्रमा तुलनात्मक रुपमा पिछडिएको बेला थियो। तथापि अर्थतन्त्र, हस्तकला र वाणिज्य क्षेत्रमा, खास गरी विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो विकास देखा परेको थियो। त्यस बेलाको निर्माण वस्तुमा सिंगार-पटार गर्ने विशेषता देखापरेको छ।

          त्यस बेला सडकका दुबैतिर पसलहरु खोल्ने र यसैका आधारमा बजारको विकास हुने शैली देखापरेको थियो। शहरको यातायात, पसल र पुलको निर्माणमा नयाँ विकास देखापरेको थियो। जस्तो उत्तरी सोङ्ग वंशको राजधानी पिएन ल्यान, अर्थात् वर्तमान ह नान प्रान्तको काइ फोन शहरले पूराका पूरै व्यापारिक शहरको अनुहार पाएको थियो। यस बेलाका चिनियाँहरुले निर्माण वस्तु बनाउँदा यसलाई लामो आकारमा बनाउने र यसलाई सिंगार-पटार गर्ने रंगमा निकै ध्यान दिएका थिए। अहिलेको वल्लो शान सी प्रान्तको थाइ युआन शहरमा पर्ने जीन नामक मन्दिरमा सोङ्ग वंशको शैली देखाइएको छ।

          सोङ्ग वंशमा ईंटा र काठको सम्मिश्रणबाट बनाइएको निर्माण वस्तुको स्तर निरन्तर रुपमा विकसित भएको थियो। त्यस बेलाको प्रतिनिधित्वमा आएको मुखतः धार्मिक चैत्य र पूल थिए। जस्तो च च्याङ्ग प्रान्तको हान चाउ शहरमा पर्ने लिन यन चैत्य, ह नान प्रन्तको काइ फोन शहरस्थित फान चैत्य र ह पै प्रान्तको चाउ जिल्लामा पर्ने युन थोन पूल सबै सोङ्ग वंश कालको नमूना हुन्।

          सोङ्ग वंश कालमा चीनमा ठूलो आर्थिक विकास भएकाले पार्कको निर्माण कार्यमा ध्यान दिने लहर उठेको थियो। ती पार्कहरुमा प्राकृतिक र कृत्रिम सुन्दरताको मिश्रण देख्नपाइन्थ्यो। जस्तो घरमा कृत्रिम पहाड बनाउने र खोला बनाउने, फल-फूल र रुख लगाउने आदि कलाको सिर्जना गरिएको थियो।

          सोङ्ग वंशमा निर्माण वस्तुको प्रविधि सम्बन्धी विशेष किताब "निर्माणकलाको ढाँचा र सञ्चालन"पनि प्रकाशित गरिएको थियो। यसबाट निर्माण वस्तुको विकास र उपयोगमा चीन उच्चस्तरमा पुगेको देखाइएको छ।